गृहपृष्ठ बृक्षरोपण नगरी बजेट सक्ने बनअधिकृत र फरेस्टरलाई मुद्दा
बृक्षरोपण नगरी बजेट सक्ने बनअधिकृत र फरेस्टरलाई मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको कालिका १ वोकटियास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको १० हेक्टर जग्गा वृक्षारोपण गर्ने गरी रकम पेस्की लिएर कामै नगरी रकम हिनामिना गर्ने
मयुरबस्ती इलाका वन कार्यालयका फरेष्टर कृष्णप्रसाद घिमिरेविरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । घिमिरेले बबई नदी संरक्षण कार्यक्रमअन्तर्गत नदी प्रणालीको खाली, सार्वजनिक, पर्ति जग्गा एवं अतिक्रमण हटाई मयुरबस्ती इलाका वन कार्यालय कार्यक्षेत्रभित्रको १० हेक्टर, शिवशक्ति सामुदायिक वनको विभिन्न ३ वटा खाली टुक्रामा गरी ६.३८ हेक्टर र मयुर सामुदायिक वनको ३.७३ हेक्टर क्षेत्रमा गरी १०.०१ हेक्टरमा वृक्षरोपण गर्न २ लाख ६४ हजार ८ सय ७० रुपैयाँ पेश्की लिएका थिए । उनले इष्टिमेट बमोजिमको कार्य नगरी ५८ हजार ८ सय रुपैयाँ मात्र खर्च गरेर नक्कली विल भर्पाई बनाई रकम हिनामिना गरेको अख्तियारको आरोप छ । बर्दिया जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख वन अधिकृत भैरवप्रसाद घिमिरेले अनुगमन नगरी आफैले उक्त कार्य सम्पन्न सदर गरी पेश्की फर्छ्यौट गरी रकम हिनामिना गरेको अख्तियारले मुद्दा दर्ता गर्दा दावी गरेको छ । यस कार्यमा संलग्न भएको भन्दै अख्तियारले फरेष्टर कृष्णप्रसाद घिमिरे र वन अधिकृत भैरवप्रसाद घिमिरेलाई बिगो र बिगोबमोजिम सजाय माग दावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित समय : ०१:१९ बजे


















