गृहपृष्ठ बारा– पर्सा हावाहुरी : मृत्यु भएकाको सम्झनामा शोक मनाइँदै
बारा– पर्सा हावाहुरी : मृत्यु भएकाको सम्झनामा शोक मनाइँदै
बारा र पर्साका हावाहुरीका कारण मृत्यु भएकाको सम्झनामा आज शोक मनाइँदै छ । प्रदेश २ मा आज शोक मनाउन लागिएको हो ।
आज बिहान ११ बजे मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिएको छ ।
शनिबार कार्यालय नखुल्ने हुनाले आ–आफ्नै स्थानबाट शोक मनाउन सबैमा आह्वान गरिएको प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश २ मन्त्रीपरिषद बैठकले प्रदेशिक शोक घोषणा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय : १७:५६ बजे


















