गृहपृष्ठ आइसिसी यू–१९ : नेपाल युएईसँग १ रनले पारजित
आइसिसी यू–१९ : नेपाल युएईसँग १ रनले पारजित
आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग पारजित भएको छ । शनिबार मलेसियामा भएको खेलमा नेपाललाई युएईले डिएल मेथडको आधारमा १ रनले पराजित गरेको हो ।
नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन बनाउदा खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन नसकेपछि युएईलाई डिएल मेथडको फाइदा पुगेको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २ सय ४७ रनमा अलआउट भएको थियो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले अब तेस्रो खेल सोमबार आयोजक मलेसियासँग खेल्नेछ ।
प्रकाशित समय : २२:३९ बजे


















