गृहपृष्ठ भृकुटीमण्डप सुज ग्यालरीमा विभिन्न ब्राण्डका जुत्ता एकै ठाउँ, ग्राहकलाई विशेष छुट
भृकुटीमण्डप सुज ग्यालरीमा विभिन्न ब्राण्डका जुत्ता एकै ठाउँ, ग्राहकलाई विशेष छुट
राजधानीको भृकुटी मण्डपमा मल्टिब्राण्ड जुत्ताचप्पल सोरुम सुज ग्यालेरी संचालनमा ल्याएको छ । मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, काेशेली, म्याजिक, टम टेलर, रोयललगायतका जुत्ता उत्पादक मिलेर भृकुटीमण्डपको रिपोर्टस् क्लवअगाडि मल्टीब्राण्ड सोरुम संचालनमा ल्याएका हुन् । 
भृकुटीमण्डपमा हुने सदावहार मेलालाई सुजग्यालरीले विस्थापित गर्ने अपेक्षा गरिएको छ । भृकुटी मण्डपमा यसअघि निरंतर जुत्ताचप्पल मेला हुँदै आएकामा पछिल्लो समय यस्ता मेला नगर्ने जुत्ताचप्पल ब्यवसायीले सहमति गरेका छन् । राजधानीमा विभिन्न ब्राण्डका जुत्ताचप्पल छानीछानी किन्न पाउने पसल नभएका बेला सुज ग्यालरीले यस्तो विकल्प दिने देखिएको छ । ग्यालरीमा बिएफ डियर हिल, रन, क्रसरोड, काेशेली, म्याजिक, टम टेलर, रोयल ब्राण्डका जुत्ताचप्पल रोजेर किन्न पाइन्छ ।
सुज ग्यालरीले ग्राहकलाई विशेष छुटमा जुत्ताचप्पल उपलब्ध गराउने जनाएको छ । सुज ग्यालरीमा सबै भेराइटीका जुत्ताचप्पल उपलब्ध हुने छन् ।
गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका जुत्ताचप्पल ग्यालरीबाटै विक्री सुरु गरिएका छन् । सुज ग्यालरीमा सहभागी कम्पनीहरुले २ हजारभन्दा बढी आधुनिक डिजाइनका जुत्ताचप्पल राखेका छन् । ग्यालरीमा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।
ग्यालरीमा २५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध रहेको ग्यालरी संचालकको भनाइ छ ।
प्रकाशित समय : १७:१२ बजे



















