global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ निस्दी गाउँपालिकामा सौर्यबत्ती

निस्दी गाउँपालिकामा सौर्यबत्ती

निस्दी गाउँपालिकामा सौर्यबत्ती

टुकीको भरमा जीवनयापन गर्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका नागरिकले अब सोलारबाट बत्ती बाल्न पाउने भएका छन् । गाउँपालिकालाई टुकीरहित बनाउने कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो ।

गाउँपालिकामा टुकी बालेरै जीवन निर्वाह गरेका १६६ घरपरिवारलाई सोलार वितरणका निम्ति गाउँपालिकाले रु १४ लाख ११ हजार विनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । मगर समुदायको बाक्लो बस्ती रहेको सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वमा रहेको निस्दीका सात वडामा सोलार वितरणको योजना रहेको छ ।

पहिलो चरणमा वडा नं ६ का ४१ घरपरिवारलाई २० वाट क्षमताका सोलार वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीको भनाइ छ । गाउँपालिकाको अर्चले, गल्धा, झिरुवास, मित्याल र ज्यामिरेमा सामुदायिक विद्युतीकरणको काम भए पनि ढिलासुस्ती भएको उनले बताए । विद्युत् नहुदाँ मोबाइल चार्ज गर्न तथा विद्युतीय सामानको प्रयोगमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।

सोलार पाएपछि अब धेरै राहत हुने निस्दी–६ चिदियाका कुलबहादुर नेपालीले बताए । उनले भने, ‘छोराछोरी पढ्न तथा बेलुकासाँझको बेला घरको काम गर्न समेत सजिलो भएको छ ।’ त्यस्तै नारीभन्ज्याङ्का विसन रानाले सोलार पाएपछि खुशी लागेको उल्लेख गर्दै अब मोबाइल चार्ज गर्न सजिलो हुने बताए ।

त्यस्तै वडा नं ५ मा पनि २० घरपरिवारलाई सोलार वितरण गरिएको छ । सो वडाका वाङलाङ, थाम, खर्कडाँडा, धोमादी, बोहरीखर्क, कठैडाँडा, डुम्रिडाँडा, ढुङ्गानाबेँसी, गल्धाफाँट, बेलडाँडा, केवरापानी र नामसुर्गागाउँका स्थानीयवासीलाई प्रतिघर २० वाट क्षमताका सोलार वितरण गरिएको वडासचिव एकराज अर्यालले बताए । रासस

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु