गृहपृष्ठ प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद : सिंह
प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा शनिबार आयोजित चियापान कार्यक्रममा नेता सिंहले प्रधानमन्त्रीले संसदको मर्यादासमेत ख्याल नगरेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद हो’ उनले भने, ‘संसदीय मर्यादामा आँच पुगेको छ ।’ नेता सिंहले सरकारले काम भन्दा पनि समृद्धिको नारा मात्र लगाएको आरोप लगाए ।
नीति तथा कार्यक्रममा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले बोलेका शब्दलाई लिएर कांग्रेसस नेताहरुले आलोचना गर्दै आएका छन् ।
प्रकाशित समय : १८:१६ बजे



















