global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ब्रह्मकुमारी राजयोगद्वारा प्रदेश प्रमुखसहित दुई मन्त्री सम्मानित

ब्रह्मकुमारी राजयोगद्वारा प्रदेश प्रमुखसहित दुई मन्त्री सम्मानित

ब्रह्मकुमारी राजयोगद्वारा प्रदेश प्रमुखसहित दुई मन्त्री सम्मानित

ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रले प्रदेश १ प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङसहित दुई मन्त्रीलाई सम्मान गरेको छ । विराटनगरलाई स्थायी राजधानी घोषणा गराउन भूमिका खेलेको भन्दै सेवाकेन्द्रले प्रदेश प्रमुख तुम्बाहाङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सम्मान गरेको हो ।

सेवाकेन्द्रको प्रदेश १ भवनमा शनिबार आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र प्रदेश १ की प्रमुख सञ्चालिका ब्रह्माकुमारी गीताले उनीहरुलाई दोसल्ला र स्मृति चिन्हसहित सम्मान गरिन् ।

कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले असल र चरित्रवान नागरिक निर्माण गर्न सेवाकेन्द्रले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । यस्तै कानुनमन्त्री कार्की र सामाजिक विकासमन्त्री घिमिरेले सकारात्मक समाज परिवर्तनमा राजयोग सेवाकेन्द्रको भूमिका उल्लेखनीय रहेको बताउँदै सेवा केन्द्रलाई थप विस्तार गर्दै लानुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु