global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

दर्शन सेवा समाज बाँकेको ११ औं साधारणसभा तथा छैटौं अधिबेशन शनिवार नेपालगञ्जमा हुने भएको छ । ठकुरीहरुको छाता संगठनको रुपमा रहेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष रमेश बहादुर शाहका अनुसार, पूर्ब मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सुनखरि रेष्टुरेण्टमा शनिवार बिहान ११.०० बजे देखि अधिबेशन शुरु हुनेछ ।

अधिबेशन तथा साधारणसभाले बार्षिक प्रगति, आर्थिक प्रतिबेदन अनुमेदान गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ । समाजले नेपालगञ्ज १२ मुक्तिपुरमा समाजको कार्यालयसँगै बहुउद्धेश्शिय भवन निर्माण गरिरहेको छ ।

२०६१ सालमा गठन भएको समाज २०६२ सालमा बिधिबत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो । सो समाजको संस्थापक अध्यक्ष जयन्ती शाही हुन् भने यस संस्थाको बिद्यान मस्यौदाकार हालका अध्यक्ष रमेश बहादुर शाह हुन् ।
तत्पश्चात किरण बहादुर शाह, धर्मराज शाह, शशि शाहले सो समाजको नेतृत्व गरिसकेका छन् । उक्त समाजको बर्तमान नेतृत्व रमेश बहादुर शाहले गरिरहेका छन् ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु