global ime bank Long Banner Ad

गृहपृष्ठ ३५औँ आसियन सम्मेलन थाइल्याण्डमा सुरु

३५औँ आसियन सम्मेलन थाइल्याण्डमा सुरु

३५औँ आसियन सम्मेलन थाइल्याण्डमा सुरु

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ चाले दक्षिणपूर्वी एसियालाई समृद्ध र दिगो विकाससहितको क्षेत्र बनाउन आह्वान गरे । उनले क्षेत्रीय बृहत आर्थिक साझेदारीतासम्बन्धी सम्झौतामा पुगेर सबै सदस्य राष्ट्रहरु सहयोगी भई सहकार्य गर्नुपर्नेमा समेत जोड दिए । यसै वर्षभित्र आर्थिक बृद्धि, व्यापार र लगानीका लागि प्रेरित गर्न समेत उनले सबैलाई आग्रह गरे ।

सन् १९६७ मा स्थापित आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सदस्य छन् ।

सम्मेलनमा चीन, भारत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजील्याण्डलाई पनि आमन्त्रण गरिएको छ । (रासस)

प्रकाशित समय : ००:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु