गृहपृष्ठ राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी विजयी
राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी विजयी
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ अध्यक्षमा गीतकार रमेश विजी विजयी भएका छन् ।
बिजीले प्रतिद्वन्द्वी विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै प्रतिष्ठानको सातौँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
विजीले ५ सय ८४ मत प्राप्त गर्दा खत्रीले ५ सय ४५ मत पाएका थिए । पोखरामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
प्रकाशित समय : १४:१९ बजे






















