global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले सागमा पुरुष फुटबल नखेल्ने

भारतले सागमा पुरुष फुटबल नखेल्ने

भारतले सागमा पुरुष फुटबल नखेल्ने

भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबल नखेल्ने भएकाे छ । समूह विभाजन र खेल तालिका सार्वजनिक भइसकेपछि भारतले आइतबार यस्तो निर्णय गरेको हाे । गत शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सागका लागि पुरुष र महिला दुवै टोलीको खेल तालिका सार्वजनिक गरेको थियो ।

भारत नखेल्ने भएपछि अब पाँच टोलीबीच ‘राउन्ड रोविन’को आधारमा खेल खेलाइने एन्फाले जनाएको छ । शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

महिला फुटबलमा  पनि नेपालसहित, भारत, श्रीलंका र माल्दिभ्सले मात्र भाग लिने भएका छन् ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु