global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

खानेपानी तथा सरसफाईका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष इच्छुक

नेपालका साना तथा मझौला खानेपानी र सरसफाइका आयोजनाहरुमा लगानी गर्न कतार विकास कोष (कतार फण्ड फर डेभलपमेन्ट)ले इच्छा व्यक्त गरेको छ । खानेपानी मन्त्री बिना मगरसँग मंगलबार भएको भेटघाटमा कोषका प्रतिनिधिमण्डलले खानेपानी तथा सरसफाइका आयोजनाहरुमा लगानी जुटाउने चासाे देखाएका हुन् ।

कोषको तर्फबाट रिम अल सुलैतीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले साना तथा मझौला आयोजनाहरुमा नेपाललाई अनुदान सहयोग गर्ने बताएको छ । भेटमा मन्त्री मगरले खानेपानीजस्तो विषय मानिसको आधारभूत आवश्यकतासँग जोडिएकाले कोषले देखाएको सहयोगको इच्छाप्रति टोलीलाई धन्यवाद दिइन् ।

नेपाल सरकार कोषसँग साझेदार भई कार्य गर्न इच्छुक रहेको उनले बताइन् । ‘आवश्यकता भएका र कार्यान्वयन गर्नसक्ने योजनाहरु छनोट गरेर हामी अघि बढ्न सक्छौं,’ उनले भनिन्, ‘चाँडो कार्यान्वयन हुनसक्ने आयोजनाहरुलाई प्राथमिकता दिएर अघि बढिरहेका छौं । कोषसँग मिलेर हामी सँगसँगै सहकार्य गर्न तयार छौं ।’

कोषको तर्फबाट सहभागी सुलैतीले शिक्षा र स्वास्थ्यजस्तै स्वच्छ खानेपानी र दिगो सरसफाइका लागि सहयोग गर्न कोष तयार रहेको बताए । ‘सम्भाव्यता अध्ययन भईसकेका चाँडो कार्यान्वयनमा जानसक्ने आयोजनाहरुमा सहयोग गर्ने हाम्रो इच्छा छ,’ सुलैतीले भने, ‘यस्ता आयोजनाहरुमा लगानी जुटाउन हामी अन्य साझेदारी संस्थासँग मिलेर पनि जान सक्छौं । दिगोपना, क्षमता विकास र रोजगारी सिर्जना गर्ने खालका आयोजनाहरुमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु