global ime bank Long Banner Ad

गृहपृष्ठ हजुरआमाको देहान्त काखको नाति सुरक्षित

हजुरआमाको देहान्त काखको नाति सुरक्षित

हजुरआमाको देहान्त काखको नाति सुरक्षित

अल्बानियामा मंगलबार बिहान आएको ६.१ रेक्टर स्केलको भूकम्पमा १८ जना मरेका छन् । भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानादेखि ३४ किलोमिटर पर उत्तर-पश्चिममा थियो ।

उद्धारकर्मीहरूले अल्बानियाका सञ्चार माध्यमलाई बताएअनुसार एक मृतक महिलाले काखमा राम्ररी च्यापेर नातिचाहिँ ज्यान जोगाएकी छन् ।

बिबिसीका अनुसार बिहानको भूकम्पको केही घण्टापछि बोसनियाको मोस्टारमा पनि भूकम्प आयो । त्यहाँ भएको क्षतिको विवरण आएको छैन । अल्बानियाका प्रधानमन्त्री एडी रामाले ट्विटरमा लेखेका छन्, ‘हामी पीडितका साथमा छौं । प्रभावित क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गर्दै छौं ।’

अल्बानियाका स्थानीय सञ्चार माध्यमका अनुसार ६ सय मानिसको अस्पतालमा उपचार हुँदै छ । विद्यालयहरूमा छुट्टी गरिएको छ । भूकम्पपछि उद्धार कार्य युद्धस्तरमा जारी छ । सेना, प्रहरी र आकस्मिक उद्धारकर्ताले भग्नावशेषबाट मानिसलाई निकाल्दै छन् ।

भग्नावशेषमा धेरै मानिस च्यापिएका छन् । अधिकारीहरूका अनुसार हालसम्म भग्नावशेषबाट ४२ जनाको उद्धार गरिएको छ । कुर्बिनमा भूकम्पपछि डराएर घरबाट हामफाल्दा एक जनाको ज्यान गएको छ ।

यो भूकम्प धेरै वर्षपछिको शक्तिशाली मानिएको छ । अल्बानियामा सन् १९२३ मा भूकम्प आएको थियो । सन् १९७९ मा ६.९ को भूकम्प आउँदा १३६ को ज्यान गएको थियो भने करिब एक हजार मानिस घाइते भएका थिए ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु