global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीको रानीनगरमा

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीको रानीनगरमा

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा नवलपरासीको रानीनगरमा

एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा ४४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रितम गुरुङ र वडा नं. ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीज्यूको संयुक्त उपस्थितिमा उद्घाटन गरिएको छ । शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट ग्राहले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यस्तो सेवाबाट स्थानीयबासीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

देशभर एनआईसी एशियाका ३१० शाखा, ३९९ एटिएम, ९३ एक्स्टेन्सन काउन्टर र ४४ शाखारहित बैंकिङ इकाइ छन् । बैंकले करिब १९ लाख ग्राहकलाई सेवा दिइरहेको नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु