global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

आइएमई जनरल इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

आइएमई जनरल इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ‘एसिया मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसनले अवार्ड प्रदान गरेको हो ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठलाई कर्पोरेसनले सम्मान हस्तान्तरण गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले कर्पोरेसनप्रति आभार व्यक्त गरे । उनले कम्पनीको उपलब्धिमा सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्‍याउने सम्पुर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार माध्यमलगायत सबैलाई धन्यवाद दिए ।

सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा सबै क्षेत्रबाट सदाझैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बिमा क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए । सो अवसरमा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’का रुपमा मनाउने घोषणा गरिसकेको हुनाले नेपालको भ्रमण गर्न उपस्थित सबैसमक्ष अनुरोध गरे ।

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु