global ime bank Long Banner Ad

गृहपृष्ठ पदक विजेता खेलाडीलाई नागरिक अभिनन्दन गरिँदै

पदक विजेता खेलाडीलाई नागरिक अभिनन्दन गरिँदै

पदक विजेता खेलाडीलाई नागरिक अभिनन्दन गरिँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ ।

देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानमा शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

शुक्रबार बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा सुरु भएर न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीम्म हुनेछ ।

परिषद्का अनुसार, त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रम समापन हुने बताइएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु