काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आजको मोैसम

819
shares

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र देशका तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। महाशाखाले यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।