आजको राशिफल : मेषदेखि मीनसम्म, यस्तो छ १२ राशिको फल
वि.सं.२०८३ कात्तिक २ सोमवार ०६:४३
shares

मेष : सहयोगीको साथ पाइनेछ भने रोकिएका काम बन्नेछन्। नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापारमा लाभ हुनेछ भने विभिन्न उपहार प्राप्त हुन सक्छ। शत्रु तथा प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुनेछ। भेटघाट, बैठक तथा शुभकामना आदानप्रदानमा समय बित्नेछ।
वृष : खाद्यान्न तथा औषधिजन्य वस्तुको व्यापारबाट लाभ हुनेछ। सानो प्रयासबाटै राम्रो काम गर्न सकिनेछ। धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ। प्रेम सम्बन्धमा रमाउने अवसर मिल्नेछ। पुराना मित्रसँग भेटघाट हुनुका साथै मनोरञ्जन र खानपानमा समय बित्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने बौद्धिक काममा प्रशंसा पाइनेछ।
मिथुन : भौतिक सम्पत्ति तथा सवारीसाधनको कारोबार गर्दा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। घरेलु समस्या समाधान गर्न समय लाग्नेछ। आफन्त तथा दाजुभाइ-दिदीबहिनीसँग मनमुटाव हुन सक्ने भएकाले व्यवहारमा संयम अपनाउनुहोला।
कर्कट : सुखदुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन्। परिवारको सहयोगले नयाँ आशा पलाउनेछ। प्रेम तथा मित्रताको सम्बन्ध बलियो बन्नेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। सम्मान तथा उपहार प्राप्त हुन सक्छ। कामबाट समय निकालेर रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ।
सिंह : पुराना समस्याबाट छुटकारा मिल्दा मन प्रसन्न हुनेछ। स्वास्थ्यले साथ दिने भएकाले नयाँ काम सुरु गर्न सकिनेछ। विरोधीहरू कमजोर हुनेछन्। औषधिजन्य तथा चाडपर्व लक्षित सामग्रीको व्यापारबाट राम्रो आम्दानी हुनेछ। खानपान तथा मनोरञ्जनमा समय बित्नेछ।
कन्या : अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। पुरस्कार र प्रशंसापत्र प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक अवसर मिल्नेछ भने प्रिय व्यक्तिबाट उपहार प्राप्त हुन सक्छ। सन्तान तथा आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। आत्मबल बढ्नुका साथै सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ।
तुला : राजनीति तथा सामाजिक क्षेत्रमा आलोचना बढ्न सक्छ। विरोधी सक्रिय हुने भएकाले काम गर्दा सावधानी अपनाउनुहोला। सम्पत्ति तथा सवारीसाधनको कारोबारमा ध्यान दिनु आवश्यक छ। अनावश्यक टिप्पणीमा समय खर्च हुन सक्छ। खानपान र दिनचर्या नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ। चाडपर्व लक्षित व्यापार तथा कृषि कार्यका लागि समय अनुकूल छ।
वृश्चिक : शुभ तथा माङ्गलिक समारोहमा सहभागी हुने र स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी बन्न सक्छ। खेलकुद तथा अन्य गतिविधिमा सफलता मिल्ने सम्भावना छ। प्रेम र दाम्पत्य सम्बन्धमा खुसीयाली छाउनेछ। आत्मबल बढ्नेछ भने दाजुभाइ तथा इष्टमित्रबाट सहयोग पाइनेछ।
धनु : गीतसंगीत, कला तथा साहित्यमा संलग्न व्यक्तिले लाभ लिन सक्नेछन्। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। काम समयमै सम्पन्न हुँदा थप काम गर्ने उत्साह बढ्नेछ। चाडपर्व लक्षित वस्तुको व्यापारमा वृद्धि हुनेछ। अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ भने बौद्धिक क्षमताको प्रशंसा हुनेछ। खेलकुद तथा यात्राका लागि समय अनुकूल छ।
मकर : मेहनतअनुसार काममा सफलता मिल्नेछ। जुझारु कार्यशैलीले लक्ष्य प्राप्त गर्न सहज हुनेछ। व्यवसाय फस्टाउनुका साथै नयाँ लगानीको वातावरण बन्न सक्छ। आम्दानी बढ्ने सम्भावना छ। परिवारसँग रमाइलो वातावरणमा समय बिताउने र स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ।
कुम्भ : काम गर्दा कानुनको पूर्ण पालना गर्नुहोला। नियम उल्लङ्घन गर्दा दण्ड वा जरिवानामा पर्न सकिन्छ। प्रेम सम्बन्धमा दूरी बढ्दा मन खिन्न हुन सक्छ। यात्रामा खर्च व्यवस्थापनमा ध्यान दिनुहोला। वैदेशिक यात्राको अवसर मिल्न सक्छ। विदेशमा अध्ययन तथा काम गर्नेहरू आफ्नो कामबाट सन्तुष्ट रहनेछन्।
मीन : व्यवसाय विस्तार हुनुका साथै दैनिक कारोबार बढ्ने सम्भावना छ। विशिष्ट व्यक्तिसँगको भेटघाटले लगानीका नयाँ अवसर सिर्जना गर्न सक्छ। सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ भने नेतृत्वदायी जिम्मेवारी प्राप्त हुन सक्छ। जनताको काम समयमै सम्पन्न गर्दा प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नुका साथै पुरानो प्रेमलाई विवाहमा परिणत गर्ने विषयमा परिवारको सहमति प्राप्त हुन सक्छ।
























