काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी पक्राउ

840
shares

फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएको छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्।

यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।

गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाएको छन् ।

उनका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन्।

प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्निनियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिए । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उनले बताए ।

फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुनविपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गरेका छन् ।