काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब आठ लाख सहयोग

714
shares

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख सहयोग प्राप्त भएको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्टे«लियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो ।

अस्टे«लियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी आवास र भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताए ।

उनका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा रहेका गाउँपालिकाले विवरण सङ्कलन गरेको छ । फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ, पालसीङ बढी प्रभावित भएका छन् । तटीय क्षेत्रमा कटान र बाढीको जोखिम बढेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ,” उनले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”

उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार, दातृ निकाय र दातासँग समन्वय भइरहेको उनले बताए ।