काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो 

609
shares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबाेलाइएकाे हो ।

रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो ।

पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले आपत्ति जनाएका छन् ।

‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ ।   समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक संजालमा लेखेका छन् ।

यता, हिमेश पन्तविरुद्ध पनि साइबर ब्युरोमा उजुरी परेको छ । जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक सामग्री पोष्ट गरेका उनीमाथि विद्युतीय कारोवार ऐन बमोजिम कारबाहीको मागसहित उजुरी दर्ता गरिएको हो ।