काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

735
shares

काठमाडौं । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ । विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन र सांस्कृतिक अभ्यासमा निर्भर रहँदै आएको नेपाली सुनचाँदी व्यवसाय पछिल्लो समय विस्तार भएसँगै हिसाबकिताब र व्यावसायिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।  यसैलाई सम्बोधन गर्न नेपाली गहना व्यवसायको वास्तविक कार्यशैलीअनुसार यो प्रणाली तयार पारिएको कम्पनीले जनाएको छ ।

गहना व्यवसायका सबै सुविधा एउटै प्रणालीमा ‘जेजे लाइट’ मार्फत गहना पसलको दैनिक सञ्चालनलाई सहज बनाउन बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन र व्यावसायिक कागजात व्यवस्थापनका सुविधाहरू उपलब्ध गराइएको छ । साथै, नेपाल वित्तीय प्रतिवेदन मानमा आधारित लेखा व्यवस्थापनसमेत यसमा समावेश छ ।

नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने यो प्रणालीलाई कम्प्युटरका साथै मोबाइल र ट्याबलेटबाट पनि सहजै चलाउन मिल्ने गरी बनाइएको छ । साना तथा ठूला सबै व्यवसायीलाई लक्षित गरी यो सफ्टवेयर मासिक रु. १,९९९ देखिको प्याकेजमा उपलब्ध गराइएको छ । कृत्रिम बौद्धिकता र थप डिजिटल पहलसफ्टवेयरसँगै कम्पनीले विभिन्न डिजिटल सेवाहरूको अवधारणा पनि अघि सारेको छ। जसमा गहना पसललाई डिजिटल बजारसँग जोड्ने ‘जेजे–मार्ट’ सुनचाँदी बचत गर्ने ‘जेजे–बचत’ र गहना व्यवसायसँग सम्बन्धित पात्रो ‘जेजे–पात्रो’ रहेका छन् ।

त्यसैगरी, कृत्रिम बौद्धिकतामा आधारित सहयोगी ‘जेजे–साथी’, व्यवसायीहरूबीच अनुभव आदानप्रदान गर्ने साझा मञ्च ‘जेजे–कम्युनिटी’ तथा सिकाइ सामग्री उपलब्ध गराउने ‘जेजे–पाठशाला’ जस्ता सुविधाहरू समेत विकास गरिएको छ ।  ग्राहकको रुचिअनुसार चिना बनाई रत्न तथा धातुसम्बन्धी ज्योतिषीय सुझाव दिने व्यवस्थासमेत यस पहलमा समेटिएको छ ।

कालिगढीलाई विश्व बजारसम्म पुर्‍याउने र महिला सहभागिता बढाउने लक्ष्यमातृका टेक्नोलोजीले नेपाली कालिगढको मौलिक सिप र सिर्जनशीलतालाई आधुनिक प्रविधिमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिएको छ । साथै, पारिवारिक रूपमा श्रीमान् र श्रीमती मिलेर सञ्चालन गरेका गहना पसलहरू बढी सफल देखिएको अनुभवका आधारमा महिलालाई सक्रिय साझेदार र निर्णयकर्ताका रूपमा अघि बढाउन व्यवसायको जानकारीमा सहज पहुँच दिने नीति लिइएको कम्पनीले जनाएको छ ।

प्रविधि परम्पराको विकल्प नभई त्यसलाई अझ व्यवस्थित, दिगो र सम्भावनायुक्त बनाउने माध्यम भएको उल्लेख गर्दै कम्पनीले यस अभियानलाई सफल बनाउन व्यवसायी, कालिगढ, ग्राहक तथा सरोकारवाला निकायहरूसँग सहकार्यको अपेक्षा गरेको छ ।