काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

840
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन ।

दुवै विमानस्थलको हालै निरीक्षण तथा अवलोकन भ्रमण गरेका मन्त्री पौडेलले आज मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गरी आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन । क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूको सहभागितामा गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण गरिएको थियो ।

भ्रमणका क्रममा ती विमानस्थलको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारी बनाउने उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिइएको हो । क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावनाबारे अध्ययन गरी हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । यसबाट पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, रारा विमानस्थलको हकमा हाल सञ्चालनमा रहेको विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाको अध्ययन गरिने महानिर्देशक डङ्गोलले बताए । उनका अनुसार आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाबारे समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन ।

दुवै विमानस्थलको विकासका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता विश्लेषण, पूर्वाधारको आवश्यकता पहिचान तथा आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनसमेत निर्देशन दिइएको छ । विमानस्थलहरूको विकास तथा विस्तारसम्बन्धी प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार, पर्यटन विकास तथा सम्बन्धित क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।