काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखराको न्युरोडमा बेन्नेभिसको सातौँ आइसक्रिम पार्लर सञ्चालनमा

260
shares

ai logo सारांश

  • बेन्नेभिस आइसक्रिम पार्लरले पोखराको न्युरोडमा आफ्नो सातौँ आउटलेट सञ्चालनमा ल्याएको छ।
  • नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर शनिबार नयाँ पार्लर उद्घाटन गरिएको हो।
  • उद्घाटन कार्यक्रममा ब्रान्डकी एम्बेसडर सरिसा श्रेष्ठसहित सञ्चारकर्मी, सामाजिक सञ्जालका इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

पोखरा । बेन्नेभिस आइसक्रिम पार्लरले पोखराको न्युरोडमा आफ्नो सातौँ आउटलेट सञ्चालनमा ल्याएको छ। नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर शनिबार नयाँ पार्लर उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा ब्रान्डकी एम्बेसडर सरिसा श्रेष्ठसहित सञ्चारकर्मी, सामाजिक सञ्जालका इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

नेपालमा प्रिमियम आइसक्रिम उपलब्ध गराउँदै आएको बेन्नेभिसले नयाँ आउटलेटमार्फत पोखराका ग्राहकलाई विभिन्न स्वादका आइसक्रिमको अनुभव प्रदान गर्ने जनाएको छ। परिवार तथा साथीभाइसँग समय बिताउन चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको पार्लरले पोखरामा ब्रान्डको उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

नयाँ पार्लरको उद्घाटनसँगै कम्पनीले ग्राहकका लागि विशेष छुटसमेत सार्वजनिक गरेको छ। ग्राहकले न्युरोडस्थित नयाँ आउटलेटमा प्रत्येक स्कुप आइसक्रिममा २० प्रतिशत छुट पाउनेछन्। उक्त अफर आगामी नोभेम्बर १५ अर्थात् २०८३ कात्तिक २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

देशका विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको बेन्नेभिसले नयाँ आउटलेटमार्फत ग्राहकलाई गुणस्तरीय सेवा र फरक स्वादको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।