काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

364
shares

ai logo सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन ।
  • हालै आएको विनासकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।

उनिहरूबीच नेपालमा हालै आएको विनासकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तरराष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिएका थिए ।