गृहपृष्ठ विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि करले लागत बढ्यो : महासङ्घ

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि करले लागत बढ्यो : महासङ्घ

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि करले लागत बढ्यो : महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) ले उत्पादन लागत बढेको भन्दै मुअकर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।

विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पर्ने महासङ्घले जनाएको छ ।

मुअकर थपिँदा विशेष गरी उच्च ऊर्जा खपत गर्ने, मुअकर छुटको कारोबार गर्ने साथै साना तथा मझौला उद्योगहरू र होटल तथा पर्यटन व्यवसायको लागत बढेको व्यवसायीहरूबाट गुनासो आएको महासङ्घले जनाएको छ ।

कानुन बमोजिम इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कर समायोजन तथा फिर्ता प्रक्रिया र कारोबारको प्रकृतिका कारण सबै व्यवसायले विद्युतमा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूको गुनासो छ ।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु