गृहपृष्ठ नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा
नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा
बागमती । बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो ।
नागरिकले घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोगमार्फत गुनासो सरकारसमक्ष पुर्याउनका लागि टोल फ्री नं १६६०५७५२८९८, ह्वाट्सयाप नं ९८५५०९१४५६, इमेल ठेगाना वा अनलाइनमार्फत आधिकारिक ब्यानरमा दिइएको क्यूआर कोड स्क्यान गरेर सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १९:०५ बजे


















