गृहपृष्ठ धितोपत्र बोर्डमा थुप्रिए १०८ कम्पनी, कहिले पाउँछन् आइपिओ निष्काशनको अनुमति ?

धितोपत्र बोर्डमा थुप्रिए १०८ कम्पनी, कहिले पाउँछन् आइपिओ निष्काशनको अनुमति ?

धितोपत्र बोर्डमा थुप्रिए १०८ कम्पनी, कहिले पाउँछन् आइपिओ निष्काशनको अनुमति ?

काठमाडौं । नेपालमा प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति पर्खिरहेका कम्पनीको संख्या १०८ पुगेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो पाइपलाइनअनुसार ती कम्पनीले कुल ४८ करोड १७ लाख कित्ता सेयर निष्कासनका लागि स्वीकृति मागेका छन् । ती सेयरको कुल मूल्य करिब ७० अर्ब २० करोड रुपैयाँ बराबर हुन्छ ।

सेबोनले सार्वजनिक गरेको पछिल्लो आईपीओ पाइपलाइन सूचीअनुसार होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३५, लगानी समूहका ६, उत्पादन तथा प्रशोधन क्षेत्रका ३१, लघुबीमा क्षेत्रका ३ र अन्य क्षेत्रका १५ कम्पनी स्वीकृतिको पर्खाइमा छन् । पछिल्लो पाइपलाइन १८ अगस्ट २०२६ मा सार्वजनिक गरिएको हो ।

सेबोनको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएपछि पनि आईपीओ स्वीकृतिको गति अघि बढ्न सकेको छैन । भट्टले १९ जुन २०२६ मा अध्यक्षको पद तथा गोपनीयताको शपथ लिएका थिए । तर, उनले जिम्मेवारी सम्हालेयता कुनै पनि कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएको छैन ।

बरु नयाँ कम्पनीहरू भने स्वीकृतिका लागि आवेदन दिँदै पाइपलाइनमा थपिइरहेका छन् । अध्यक्ष भट्टले जिम्मेवारी सम्हालेपछि मात्रै चार कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । तर, १८ अगस्टसम्मको विवरणमा स्वीकृतिको संख्या भने शून्य नै छ ।

पछिल्लो समय आइपिओ निष्काशनको लागि बोर्डले अनुमति प्रक्रिया रोकेको चर्चा चलिरहेको छ । गत वैशाख २ गते ३ ओटा कम्पनी माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड, सर्वोत्तम पेन्टस् इन्डस्ट्रिज लिमिटेड र एभरेष्ट कलर लिमिटेडलाई आइपिओ निष्काशनको अनुमति दिएको थियो ।

त्यसपछि हालसम्म बोर्डले कुनै पनि कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको छैन । ठुलो परिमाणमा आइपिओ निष्काशनको लागि आवेदन पाइपलाइनमा देखिए पनि अनुमति प्रक्रिया भने नरोकिएको स्पष्ट धितोपत्र बोर्डले पारेको छ ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु