गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक कर्जा समझदारी

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक कर्जा समझदारी

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक कर्जा समझदारी

काठमाडौं – मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा प्रदान गर्दै आएको व्यवसायीहरूको छाता संगठन ‘ढुवानी व्यवसायी महासंघ नेपाल’बीच महत्त्वपूर्ण व्यवसायिक सम्झौता भएको छ।

समझदारीपत्रअनुसार महासंघमा आबद्ध सदस्यहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न तथा व्यवसाय विस्तार गर्न बैंकले सुलभ ब्याजदरमा व्यावसायिक कर्जा लगानी गर्ने भएको छ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन।

सम्झौतापश्चात् महासंघमा आबद्ध सदस्यहरूले ढुवानी सेवालाई थप विस्तार र सहज बनाउन मुक्तिनाथ विकास बैंकका देशैभर रहेका १७६ वटै शाखा कार्यालयहरूबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यले ढुवानी व्यवसायीहरूलाई वित्तीय सेवामा सहज पहुँच पुर्‍याउनुका साथै उनीहरूको व्यवसायको विस्तारमा ठა सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु