गृहपृष्ठ प्रशान्त टापु मञ्चको शिखर सम्मेलनमा कम्तीमा पाँच नेता अनुपस्थित हुने

प्रशान्त टापु मञ्चको शिखर सम्मेलनमा कम्तीमा पाँच नेता अनुपस्थित हुने

प्रशान्त टापु मञ्चको शिखर सम्मेलनमा कम्तीमा पाँच नेता अनुपस्थित हुने
ताइवान–चीन तनावको पृष्ठभूमिमा प्रशान्त टापु मञ्चको वार्षिक शिखर सम्मेलन सुरु हुनुअघि कम्तीमा पाँच क्षेत्रीय नेता अनुपस्थित हुने भएका छन् । सम्मेलनमा जलवायु परिवर्तन, लागुऔषध अपराध, सुरक्षा तथा जुलाईमा प्रशान्त महासागरमा भएको चिनियाँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलगायत विषयमा छलफल हुने भएको छ ।
अठार सदस्यीय प्यासिफिक आइल्यान्ड्स फोरमको यस वर्षको सम्मेलन ताइवानको कूटनीतिक साझेदार पलाउले आयोजना गरेको हो । चीनको बढ्दो सुरक्षा तथा आर्थिक प्रभावका विषयमा समेत सम्मेलनमा विशेष चर्चा हुने अपेक्षा गरिएको छ ।
चीनले सहायता साझेदारका रूपमा ताइवानलाई आमन्त्रण गरिएकोमा आपत्ति जनाएको छ । स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको चीनले पलाउलाई चिनियाँ पर्यटकका लागि ‘असुरक्षित’ गन्तव्यसमेत घोषणा गरेको छ ।
पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सले प्रशान्त क्षेत्रलाई भू–राजनीतिक प्रतिस्पर्धाको अखडा बनाउन नहुने बताएका छन । उनले नवीकरणीय ऊर्जा, लागुऔषध अपराध, खाद्य सुरक्षा र जलवायु परिवर्तनजस्ता प्रशान्त टापु राष्ट्रका प्राथमिकताका विषय ओझेलमा पर्न नहुनेमा जोड दिएका छन ।
सम्मेलनमा अनुपस्थित हुने नेताहरूको स्थानमा केही देशले तल्लो तहका मन्त्रीलाई पठाउने भएका छन् । सामोआको प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्रीले गर्ने भएको छ भने भानुअतुका प्रधानमन्त्री र फ्रान्सेली भूभाग न्यु क्यालेडोनियाका सरकार प्रमुख पनि अनुपस्थित हुने फोरमका अधिकारीले बताएका छन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु