गृहपृष्ठ भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो ।
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना( ९८४१७७५७५३)लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशित समय : १०:२० बजे


















