गृहपृष्ठ बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल
बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका पदाधिकारीसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहतका विषयमा छलफल गरेकी छन ।
उनले रसुवा बाढीपश्चात् तत्काल आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी रेडक्रसले घटनास्थलमा गरेको प्रतिकार्यप्रति आज धन्यवाद व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गर्न रेडक्रससँगै सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।
सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकाले यी क्षेत्रसहित मनोसामाजिक परामर्श, पारिवारिक पुनःस्थापनाजस्ता सेवालाई थप प्राथमिकता दिन रेडक्रससँग आग्रह गरे ।
रेडक्रसका अध्यक्ष डा विशालकमार भण्डारीले रसुवामा आएको विनाशकारी बाढीपश्चात् प्रभावित क्षेत्रमा स्थलगत भ्रमणका क्रममा आफूले देखेको र अनुभव गरेका आधारमा रेडक्रसले तत्काल प्रतिकार्य सुरु गरेको विषयमा जानकारी गराएका थिए । उनले सरकारले छुट्याएअनुसार समूह – क्लस्टर विभाजन गरी महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पु¥याइरहेको जानकारी गराए ।
रेडक्रसका महामन्त्री ऋषिरमण खनालले रेडक्रसले सरकारको सहयोगी संस्थाका रूपमा मानवीय सेवा पु-याउँदै आएको उल्लेख गर्दै यो बाढी प्रतिकार्यमा पनि सरकार, आइएफआरसी, आइसीआरसी, साझेदार राष्ट्रिय सोसाइटी र अन्य सरोकार भएका निकायसँग निरन्तर सहकार्य गरिरहेको बताए ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्र्र्र्दै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पु¥याइरहेको सहयोगप्रति आभार व्यक्त गरे।
साथै पाँच हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अस्थायी बासस्थान, खाना वितरणलगायत कार्य गरिरहेको रेडक्रसले जनाएको छ ।
प्रकाशित समय : १६:५१ बजे


















