गृहपृष्ठ चीनले चिरोङ क्षेत्रमा राष्ट्रिय डाटा सेन्टरहरूद्वारा उद्धारका लागि आपत्कालीन सेवा उपलब्ध गराउने

चीनले चिरोङ क्षेत्रमा राष्ट्रिय डाटा सेन्टरहरूद्वारा उद्धारका लागि आपत्कालीन सेवा उपलब्ध गराउने

चीनले चिरोङ क्षेत्रमा राष्ट्रिय डाटा सेन्टरहरूद्वारा उद्धारका लागि आपत्कालीन सेवा उपलब्ध गराउने

चीन–नेपाल सीमा क्षेत्रमा गएको हिमपहिरो र यसका कारण आएको प्राकृतिक विपत्तिमा सहयोग गर्न चीनले आफ्ना राष्ट्रिय डाटा सेन्टरहरू परिचालन गरी आपत्कालीन सेवा उपलब्ध गराएको छ ।

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको चिरोङ काउन्टीका प्रकोप प्रभावित क्षेत्रमा उद्धार प्रयासका लागि यो सेवा उपलब्ध गराइएको हो ।

राष्ट्रिय क्रायोस्फियर डेजर्ट डाटा सेन्टर (एनसीडीसी) ले हालसम्म ५३ वटा डाटासेट उपलब्ध गराएको छ, जसको कुल डाटा भोल्युम करिब ८५ जिबी रहेको बताइएको छ । यी डाटा सम्बन्धित आपत्कालीन प्रतिक्रिया, उद्धार र अनुसन्धान संस्थाहरूले डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

यो डाटा एनसीडीसी, राष्ट्रिय भूकम्प डाटा सेन्टर, नेसनल सेटलाइट ओसन एप्लिकेसन सेनटर र चाइनिज रिसोर्सेज सेटलाइट डाटा तथा एप्लिकेसन केन्द्रलगायतका विभिन्न अनुसन्धान संस्थाहरूबाट आएको हो।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु