गृहपृष्ठ बाढीपीडितलाई २८ लाख सहयोग
बाढीपीडितलाई २८ लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि २८ लाख ४१ हजार ३२६ आर्थिक सहयोग दाखिला गरिएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेको हो । तारकेश्वर नगरपालिकाका नगरप्रमुख उपप्रमुख र वडाध्यक्षहरुको १५ दिन, नगरसभा सदस्यको ७ दिनको बराबरको सेवा सुविधाबाट सङ्कलन गरिएको उक्त रकम सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले जानकारी दिए ।
प्रकाशित समय : १६:४८ बजे


















