गृहपृष्ठ सम्पर्कविहीन २२ मध्ये पाँच जना सम्पर्कमा

सम्पर्कविहीन २२ मध्ये पाँच जना सम्पर्कमा

सम्पर्कविहीन २२ मध्ये पाँच जना सम्पर्कमा

दाङ । रसुवास्थित भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाङका २२ मध्ये पाँच जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकाका तिलक चौधरी र रामकुमार चौधरी, राजपुर गाउँपालिका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा घर भई तुलसीपुर बस्दै आएका ध्रुव बुढामगर सम्र्पकमा आएका छन। उनि सकुशल रहेको जनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका कोपिला केसी, खम्बु बोहोरा, शिवशङ्कर जोशी र शोभाराम योगी सञ्चार सम्पर्कमा छन । उनिमध्ये कोपिला र खम्बु स्याफ्र्रुबेँसी स्वास्थ्य चौकीमा कार्यरत छन भने शिवशङ्कर मैलुङ हाइड्रोपावर, शोभाराम फेवा हाइड्रोपावरको सुरुङ नुवाकोटमा कार्यरत छन ।

प्रशासन कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–९ की प्रमिला बुढाथोकी, वडा नं १३ डाँडागाउँका लालबहादुर रोका र गोपिलाल रोका र नारायण अधिकारी टिमुरे हाइड्रोपावरको सुरुङ्मा कार्यरत थिए ।

उपमहानगरपालिका–९ दोघरेका पूर्णबहादुर बस्नेत, राजेन्द्र महत र शोभाराम योगी, वडा नं १२ का सीमा चौधरी, बजारु चौधरी, वडा नं १८ गोपाल परियार, विकास परियार र सुदन गिरी पनि हालसम्म सम्पर्क नरहेको जानकारी दिइएको छ । दङ्गीशरण गाउँपालिका–६ का प्रेम विक र घोराहीका सूर्यबहादुर केसी पनि सम्पर्कमा छन ।

प्रशासनले उनीहरुको आफन्तसँग समन्वय गरी खोज तथा उद्धारका लागि आवश्यक विवरण र सूचना दिन अपिल गरेको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु