गृहपृष्ठ कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए ।

मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिए । उनले ५७ मत प्राप्त गरेका छन । कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरे । नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उनिहरू तटस्थ रहे।

जनता समाजवादी पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू आजको सभामा उपस्थित भएननभने एक जनाले यसअघि राजीनामा दिइसकेकाको छन् । विश्वासको मतदान प्रक्रियामा ८३ सदस्य सहभागी भएको थिए । प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु