उनले उद्यमीहरूले नयाँ सोच र समाधानमार्फत आर्थिक गतिविधि अघि बढाइरहेकाले उनीहरूलाई आवश्यक वातावरण, संवाद र साझेदारीको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए । निजी क्षेत्रको सक्रिय सहभागिताले दिगो व्यवसाय विस्तारसँगै आर्थिक विकासमा समेत योगदान पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा डिसिए डेनमार्ककी निजी क्षेत्र तथा बजार प्रणाली प्रमुख एवं वरिष्ठ सल्लाहकार रोया ए.जेड. होभ्सगार्डले जिम्मेवार व्यावसायिक आचरणलाई केवल कानुनी तथा नियामकीय अनुपालनका रूपमा बुझ्न नहुने बताइन् ।
उनका अनुसार नैतिक, समावेशी र दिगो व्यावसायिक अभ्यासमार्फत मानिस र वातावरण दुवैलाई लाभ पुग्ने गरी दीर्घकालीन मूल्य सिर्जना गर्नु नै जिम्मेवार व्यवसायको मुख्य उद्देश्य हो ।
कार्यक्रममा निजी क्षेत्र, विकास साझेदार तथा सरोकारवालाबीच सहकार्य बढाउँदै जिम्मेवार र दिगो व्यवसायिक अभ्यासलाई संस्थागत गर्ने विषयमा जोड दिइएको थियो ।


















