काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

2.69K
shares

काठमाडौं । जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ ।

मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताए ।

संयोजक परियारले अभियानले देशमा विद्यमान विभेद, भ्रष्टाचार, अन्याय, शोषण तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित समस्याविरुद्ध संगठित रूपमा आवाज उठाउने जनाए ।

अभियानले नागरिकका मौलिक हक तथा अधिकारको संरक्षण, सामाजिक तथा आर्थिक विभेदको अन्त्य र राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उनले जनाए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नयाँ भनिएकाहरु पनि पुरानै दलहरु भन्दा फरक नभएको आरोप लगाए । भ्रष्टाचार र सुशासनको नारा दिएर सत्तामा पुगेकाहरुले पनि थप भ्रष्टाचार र कुशासन चलाएका छन । त्यसको खबरादारीका लािग अभियानले भूमिका खेल्ने विश्वास रहेको बताए ।

डा.निर्मल विश्वकर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा सामाजिक सुरक्षा जस्ता जनताका मौलिक अधिकारहरुमाथि नै वर्तमान सरकारले प्रहार गरेको आरोप लगाए । विश्वकर्माले सरकारलाई खबरादारी गर्न अभियानको मुख्य लक्ष्य हुनुपर्ने सुझाए ।

सामाजिक अभियान्ता गणेश गोतामेले श्रमिकका अधिकार संरक्षण गर्ने, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न अभियानले भूमिका खेल्नुपर्ने धारणा राखे ।

अभियान्ता रामसुन्दर सुनामले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा राखे ।

अभियान्ता राजन छिनालले डिजिटल तथा सामाजिक सञ्जालमार्फत नागरिक जागरण विस्तार गर्ने, विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने तथा अधिकार र कर्तव्यबारे जनचेतना अभिवृद्धि