गृहपृष्ठ आजको राशिफल २०८३ साउन २९ गते शुक्रबार
आजको राशिफल २०८३ साउन २९ गते शुक्रबार
मेष
मेहनतको प्रतिफलस्वरूप जिम्मेवारी र अवसर प्राप्त हुने दिन छ। इच्छाएको काम बन्ने भएकाले मन उत्साहित हुनेछ। कामसँगै परिवारका लागि समय निकाल्न सकिनेछ। प्रेम सम्बन्धमा आफ्ना कुरा थोपर्नुभन्दा साथीको भावना बुझ्ने प्रयास गर्नु लाभदायी हुनेछ। तर मित्र तथा सहयोगीहरूसँगको सम्बन्धमा केही असमझदारी देखिन सक्छ।
वृष
कानुनी तथा लगानीसम्बन्धी विषयमा जटिलता आउन सक्छ। काम गर्ने शैली र व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ। आलोचना र कटु शब्दबाट टाढा रहनुहोला, नत्र विवाद बढ्न सक्छ। प्रतिस्पर्धा तथा परीक्षामा सफलता मिल्ने सम्भावना छ। तयारी गोप्य र योजनाबद्ध ढंगले अघि बढाउनु राम्रो हुनेछ।
मिथुन
बौद्धिक तथा दार्शनिक विषयमा रुचि बढ्नेछ। अध्ययन, चिन्तन र नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ। थोरै प्रयासबाट पनि उल्लेख्य सफलता प्राप्त गर्न सकिने समय छ। सन्तान वा आफ्नै प्रयासबाट फाइदाजनक काम बन्न सक्छ। व्यक्तिगत जिम्मेवारी र प्रियजनसँगको सम्बन्धबीच सन्तुलन कायम गर्नुहोला।
कर्कट
प्रयास गर्दा पनि अपेक्षित सफलता नपाउँदा मानसिक दबाब बढ्न सक्छ। उच्चपदस्थ व्यक्तिसँगको सम्बन्धमा समेत असमझदारी आउन सक्छ। घरजग्गा, सवारी वा स्थिर सम्पत्तिसम्बन्धी योजना बन्नेछ। कामका सिलसिलामा हुने दौडधूप तथा यात्राबाट आर्थिक सन्तुलन कायम गर्न सकिनेछ। अनावश्यक कुरा काट्नेहरूबाट सतर्क रहनुहोला।
सिंह
समसामयिक विषयमा गम्भीर छलफल र अध्ययन गर्ने अवसर मिल्नेछ। धन, प्रतिष्ठा र जिम्मेवारीका दृष्टिले दिन सकारात्मक छ। साझेदारीमा काम गर्दा आफ्ना विचार र अपेक्षा स्पष्ट रूपमा राख्नु लाभदायी हुनेछ। बढुवा वा थप जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आफन्तको काममा सहयोग गर्नुपर्ने हुन सक्छ।
कन्या
सञ्चार तथा सामाजिक सञ्जालका माध्यमले केही अलमल सिर्जना गर्न सक्छन्। अरूसँग व्यवहार गर्दा शब्द छनोटमा विशेष ध्यान दिनुहोला। आम्दानी सहज भए पनि खर्च गर्दा संयम अपनाउनु आवश्यक छ। बोलीकै माध्यमबाट महत्त्वपूर्ण काम बन्न सक्छ। वरिष्ठको सहयोग लिन सकिनेछ, तर कुराकानीकै कारण विवाद नबढोस् भन्नेतर्फ सचेत रहनुहोला।
तुला
घरपरिवारका लागि आवश्यक सुविधा जुटाउने समय छ। खुद्रा तथा खाद्य व्यवसायमा संलग्नहरूका लागि दिन अनुकूल देखिन्छ। दाम्पत्य जीवनमा सामान्य मतभेद भए पनि प्रेम र समर्पण कायम रहनेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। नयाँ ज्ञान र विषयको अध्ययनले प्राज्ञिक क्षमता बढाउन सहयोग गर्नेछ।
वृश्चिक
अरूको स्वार्थका कारण अनावश्यक जिम्मेवारी लिनुपर्ने अवस्था आउन सक्छ। विवादास्पद विषयमा निर्णय गर्दा संयम अपनाउनुहोला। सुखदुःखमा साथ दिने व्यक्तिको सहयोग भने प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ र नयाँ सम्बन्धको सम्भावनासमेत देखिन्छ। आकस्मिक स्रोतबाट सामान्य आर्थिक लाभ हुन सक्छ, तर जोखिमपूर्ण लगानीबाट जोगिनु राम्रो हुनेछ।
धनु
परिवार तथा नजिकका व्यक्तिसँगको सम्बन्ध सुदृढ हुनेछ। प्रतिस्पर्धीहरू कमजोर बन्नेछन् र कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिसँग निकटता बढ्दा काममा फाइदा पुग्नेछ। प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिनेछ। सरकारी काम वा रोकिएको रकम उठाउने प्रयास सफल हुन सक्छ।
मकर
घरपरिवारमा नयाँ खुसी र आत्मीयता थपिनेछ। ज्येष्ठ सदस्यको साथ र आशीर्वाद प्राप्त हुनेछ। नयाँ प्रविधि तथा विषयको ज्ञान हासिल गर्ने अवसर मिल्नेछ। विद्यार्थीका लागि दिन विशेष अनुकूल छ। प्रतिष्ठा बढ्नेछ भने कार्यक्षेत्रमा वरिष्ठको समर्थन प्राप्त हुनेछ। ज्येष्ठ तथा मान्यजनको सेवा गर्दा आत्मविश्वास अझ बढ्नेछ।
कुम्भ
सार्वजनिक हित तथा सामाजिक काममा सहभागी हुनुपर्ने अवस्था आउन सक्छ। धार्मिक तथा सामाजिक गतिविधिमा समय बित्नेछ। आजको सफलता तपाईंको आफ्नै प्रयासमा निर्भर रहनेछ। मेहनत गरे राम्रो उपलब्धि हात लाग्नेछ भने आलस्यले अवसर गुमाउन सक्छ। ठूलाबडाको सहयोग लिए रोकिएका काम अघि बढ्नेछन्।
मीन
नयाँ काम गर्ने उत्साह जाग्नेछ, तर मनका योजना तत्काल कार्यान्वयन गर्न कठिन हुन सक्छ। काममा बाधा र ढिलाइ आउन सक्ने भएकाले धैर्य आवश्यक छ। अनावश्यक चिन्ता र भ्रमबाट बच्नुहोला। चुनौतीबीच पनि नयाँ सम्भावना देखिनेछ। नयाँ काम थाल्दा कानुनी पक्ष स्पष्ट गरेर अघि बढ्नु उचित हुनेछ।
प्रकाशित समय : ०६:२७ बजे

















