गृहपृष्ठ दिगो रोजगार प्रणाली निर्माणबारे छलफल
दिगो रोजगार प्रणाली निर्माणबारे छलफल
काठमाडौँ।, श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ ।
श्रममन्त्री यादव र पूर्वाधार विकासमन्त्री सुनील लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीबीच आज उक्त छलफल तथा भेटघाट भएको हो ।
छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सिर्जनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ । छलफलमा दुवै मन्त्रालयका सचिव, निर्माण व्यवसायी महासङ्घलगायत पदाधिकारीको उपस्थिति थियो ।
प्रकाशित समय : २०:३९ बजे


















