गृहपृष्ठ ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।
टोलीले आजदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले राससलाई जानकारी दिए । ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ ।
प्रकाशित समय : १५:४७ बजे



















