global ime bank Long Banner Ad

गृहपृष्ठ तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन

तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन

तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

दाङ। तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन ।

आर्थिक वर्ष २०८२र८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए ।

उपमहानगर पालिकाले आर्थिक वर्ष २०८२र८३ जम्मा ४१ करोड ७६ लाख ९० हजार ७० राजस्व सङ्कल गरेको छ । सम्पत्ति करबाट एक करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट दुई करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट एक करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट १६ करोड ९१ लाख ९० हजार ६७४ राजस्व जम्मा गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा उपमहानगरपालिकाले ३६ करोड ७१ लाख राजस्व सङ्कलन गरेको थियो । उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु