global ime bank Long Banner Ad

गृहपृष्ठ मकालु वाइनले ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने

मकालु वाइनले ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने

मकालु वाइनले ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं  मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि ९० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न साउन २३ गते विशेष साधारणसभा बोलाएको छ।

साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले इटहरीस्थित सोल्टी वेस्टेन्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। सभामा जारी पूँजीको २० प्रतिशत बराबरको ९० लाख कित्ता आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ।

यस्तै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ। आईपीओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

विशेष साधारणसभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु