global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदर्शन हिंसात्मक बनेपछि दिल्लीको सुरक्षा व्यवस्था कडा

प्रदर्शन हिंसात्मक बनेपछि दिल्लीको सुरक्षा व्यवस्था कडा

प्रदर्शन हिंसात्मक बनेपछि दिल्लीको सुरक्षा व्यवस्था कडा

नयाँदिल्ली । विद्यार्थी आन्दोलनका क्रममा बुधबार राति नयाँदिल्लीस्थित जन्तर–मन्तर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कक्रोज जनता पार्टीसँग आबद्ध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड नियन्त्रणमा लिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा प्रदर्शनकारीले लाठी बोकेर प्रहरीमाथि आक्रमण गरेको देखिएको छ।

यसअघि साउन ४ (जुलाई २०) मा आयोजित संसद् मार्चका क्रममा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। प्रदर्शनकारी संसद् भवनको प्रवेशद्वार नजिक पुगेपछि प्रहरीले लाठीचार्ज गरेर उनीहरूलाई तितरबितर पारेको थियो।

कक्रोज जनता पार्टीका नेता अभिजीत दीपकेले सोनम वाङचुकलाई अनशन अन्त्य गर्न आग्रह गर्दै देशलाई उहाँको आवश्यकता रहेको बताए। शान्तिपूर्ण आन्दोलन भने निरन्तर जारी रहने उहाँले बताए।

सुरक्षा अवस्था थप संवेदनशील बनेपछि केन्द्रीय गृह मन्त्रालयले पश्चिम बंगालबाट थप २० कम्पनी केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) दिल्ली पठाउन निर्देशन दिएको छ। त्यसअनुसार कोलकाताबाट करिब दुई हजार सुरक्षाकर्मी हवाईमार्गबाट दिल्ली ल्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरक्षा व्यवस्थाका कारण केही समयका लागि दिल्लीका १६ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए। अवस्था सामान्य बन्दै गएपछि बुधबार साँझ सबै स्टेसन पुनः सञ्चालनमा आएका छन्।

दिल्ली प्रहरीले प्रदर्शनका क्रममा आरएएफका एक जवानमाथि भएको आक्रमणबारे एफआईआर दर्ता गरेको छ। भाइरल भिडियोमा केही प्रदर्शनकारीले आरएएफका जवानमाथि कुटपिट गरेको तथा सुरक्षा सवारीसाधनमा ढुंगामुढा गरी क्षति पुर्‍याएको देखिएको प्रहरीले बताएको छ।

यता, विद्यार्थीमाथि भएको आक्रमणसम्बन्धी रिटमाथि दिल्ली उच्च अदालतमा सुनुवाइ भएको छ। अदालतले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई निर्देशन दिएको छ।

एजेन्सी

प्रकाशित समय : ०६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु