गृहपृष्ठ आजको राशिफलः २०८३ साउन ७ गते, बिहीबार
आजको राशिफलः २०८३ साउन ७ गते, बिहीबार
वि.सं. २०८३ साउन ७ गते बिहीबार (ई.सं. २०२६ जुलाई २३) वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६ दिल्लाथ्व नवमी, आषाढ शुक्ल नवमी। आज चन्द्रमा कन्या राशिमा र सूर्य कर्कट राशिमा रहेका छन्। योग शुभ तथा करण कौलब रहेको छ। नेपालमा आज सूर्योदय बिहान ५:२१ बजे र सूर्यास्त साँझ ६:५८ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण काम वा यात्रामा निस्कनुअघि दही सेवन गर्नु शुभ मानिएको छ। शुभ कार्य प्रारम्भ वा यात्रा गर्ने उत्तम समय बिहान ६:०८ बजेदेखि ९:१३ बजेसम्म रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कारोबारमा उल्लेखनीय प्रगति हुने सम्भावना छ। रोकिएका काम बन्नेछन् भने जिम्मेवारी पनि थपिन सक्छ। पारिवारिक वातावरण अनुकूल रहनेछ। वैदेशिक अध्ययन वा यात्राको प्रयासमा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। अहंकार नियन्त्रणमा राखे सफलता अझ सहज हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वरिष्ठ व्यक्तिको सहयोगबाट लाभ मिल्नेछ। अतिरिक्त आम्दानीले आर्थिक दबाब कम हुनेछ। व्यक्तित्व विकासका अवसर प्राप्त हुनेछन्। जीवनसाथी वा साझेदारबाट सुखद समाचार प्राप्त हुन सक्छ। व्यवसाय र पेसागत क्षेत्र सन्तोषजनक रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना सुरु गर्न अनुकूल दिन छ। पुराना काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ। सामाजिक तथा सामूहिक गतिविधिमा व्यस्तता बढ्नेछ। सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यस्तताका कारण प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विरोधी सक्रिय भए पनि आफ्नो मेहनत र क्षमताले सफलता दिलाउनेछ। अध्ययन तथा व्यक्तित्व विकासका अवसर मिल्नेछन्। साथीभाइसँग सम्बन्ध बलियो बन्नेछ। घरपरिवार र आफन्तको चिन्ताले मन केही अशान्त रहन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ उत्साह र सफलताको दिन छ। रोकिएका काम पूरा हुनेछन्। अनुभवको सदुपयोगले प्रतिष्ठा र जिम्मेवारी बढ्न सक्छ। रिस, घमण्ड र अहंकारबाट टाढा रहन सके उपलब्धि अझ राम्रो हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बाध्यता र खर्च बढ्ने सम्भावना छ। वैदेशिक कामबाट लाभ मिल्न सक्छ। अत्यधिक महत्त्वाकांक्षा नराख्नु उचित हुनेछ। जीवनसाथीको भावनाको सम्मान गर्नुहोस्, अन्यथा सम्बन्धमा तनाव आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य विवादले ठूलो रूप लिन सक्छ, त्यसैले बोलीमा संयम अपनाउनुहोस्। आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। नम्र व्यवहारले पारिवारिक सुख र खुसी बढाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीका काममा व्यस्तता बढ्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी आउन सक्छ। गोप्य कुरा सार्वजनिक हुन सक्ने भएकाले सतर्क रहनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य र मनोबल राम्रो रहनेछ। भेटघाट तथा सामाजिक सम्बन्ध विस्तार हुनेछन्। कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा सम्मान मिल्ने सम्भावना छ। नेटवर्क विस्तारबाट आयआर्जन बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरेलु काममा व्यस्तता बढ्न सक्छ। आगो वा धारिलो सामग्री प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। हतारमा निर्णय नगर्नुहोस्। जोखिमपूर्ण लगानीबाट टाढा रहनु उचित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवन सुखद रहनेछ। कला, संगीत र साहित्यप्रति रुचि बढ्नेछ। भावनामा बग्नुभन्दा काममा ध्यान केन्द्रित गर्नु आवश्यक छ। अधुरा काम पूरा गर्न विशेष प्रयास गर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनावश्यक आडम्बर र तर्कवितर्कबाट टाढा रहनुहोस्। परिवारबाट शुभ समाचार प्राप्त हुनेछ। प्रतिस्पर्धा, खेलकुद वा विवादमा सफलता मिल्ने सम्भावना छ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ, तर हतार नगर्नुहोस्।
प्रकाशित समय : ०६:१३ बजे


















