global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बसको शुभारम्भ एसएमएल महिन्द्रा लिमिटेडको नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल तथा लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा गरेका हुन् ।

उक्त अवसरमा बोल्दै कम्पनीका प्रतिनिधिहरूले नेपालको विद्यालय यातायातलाई अझ सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यका साथ हिरोई स्कुल बस नेपाली बजारमा ल्याइएको बताए ।

कम्पनीका अनुसार यस बस नेपाल सरकारको विद्यालय बस सम्बन्धी सिट क्षमताको मापदण्डअनुसार ३६ सिटदेखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध छ । विभिन्न विद्यालयको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार उपयुक्त मोडल छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

हिरोई अत्याधुनिक बीएस६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको बस हो । यसमा इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल(ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फरमेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड जस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्, जसले सुरक्षा, इन्धन क्षमता र सञ्चालन कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ ।

यसका साथै बसमा फराकिलो तथा आरामदायी सिट व्यवस्था, उत्कृष्ट सस्पेन्सन प्रणाली, कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन क्षमता र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विद्यार्थीको दैनिक यात्रालाई सुरक्षित, सहज र आरामदायी बनाउने उद्देश्यले डिजाइन गरिएको यस बस विद्यालय यातायातका लागि भरपर्दो विकल्प हुने कम्पनीको विश्वास छ ।

ग्राहक भेटघाट कार्यक्रममा कम्पनीले आफ्ना ग्राहक तथा व्यवसायिक साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी योजनाबारे जानकारी आदानप्रदान गरेको थियो। कार्यक्रममा सहभागी ग्राहकहरूले कम्पनीको सेवा तथा नयाँ उत्पादनप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।

लक्ष्मी कमर्सियल भेहिकल्सले गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा तथा नवीन व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वासलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु