global ime bank Long Banner Ad

गृहपृष्ठ पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न

पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न

पर्सामा आँखा उपचार भवन निर्माण सम्पन्न

चितवन । आँखाको उपचार गर्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, चितवन शाखाले पूर्वी चितवनको पर्सामा दुई करोड १५ लाखको लागतमा भवन निर्माण गरेको छ ।

खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले संयुक्त रुपमा उक्त आँखा उपचार भवनको आज उद्घाटन गरेका हुन ।

उक्त अवसरमा जग्गादाता जनकबहादुर पाण्डेको शालिक अनावरण गरिएको थियो ।

नगरप्रमुख खनियाँले भवनबाट स्थानीयलाई आँखा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । खनियाँले अस्पतालका तर्फबाट आँखा उपचार केन्द्रलाई रु ३० लाखमा खरिद गरिएको फेको मेसिन हस्तान्तरण गरे ।

नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले दाताले सहयोग गरेको जमिन र भरतपुर आँखा अस्पतालको रु दुई करोड १५ लाखमा भवन निर्माण पूरा भएको बताए ।

नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको इश्वरपुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ ।

सोबाहेक सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा रहेको छ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु