global ime bank Long Banner Ad

गृहपृष्ठ किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा

किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा

किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा

काठमाडौँ ।प्रतिनिधिसभाका सांसदले किसानले झेल्दै आएका समस्या, प्राकृतिक प्रकोप व्यवस्थापनमा सुधार्नुपर्ने पक्ष तथा महिला हिंसालगायत समसामयिक विषयवस्तु उठाउएको छन ।

प्रतिनिधिसभाको आजको आकम्मिक समयमा भाग लिँदै सांसद अभिषेकप्रताप शाहले बर्दियाका उखु किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्रीवापत पाउनुपर्ने रकमको भुक्तानी नपाएकोबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश पाठकले कार्यस्थलमा श्रमिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने वातावरण बनाउन सरकार आग्रह गरे ।

सांसद कन्हैया बनियाँले तराई–मधेसका किसानले समयमै रासायनिक मल र सिँचाइ प्राप्त गर्न नसक्दा अनेकौँ समस्या झेल्नु परेको बताए ।

सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको विस्तारसँगै स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउनु माग गरे ।

सांसद शाहजान खातुनले महिला तथा बालबालिका हिंसा कुनै पनि हालतमा स्वीकार्य नभएको जनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणको वातावरण बनाउन सबै पक्षसँग आह्वान गरे ।

सांसद दीपकराज बोहराले महाकाली सिँचाइ आयोजनामा देखिएको समस्या समाधान गर्न सरकारले भारतसँग कूटनीतिक पहलको आवश्यकता औँल्याए ।

सांसद कमल सुवेदीले समयमै सडकको मर्मतसम्भार, ग्राभेल र कालोपत्र नहुँदा वर्षायाम सुरु भएसँगै दाङका विभिन्न स्थानमा जाने सडक अस्तव्यस्त हुँदा स्थानीयले सास्ती खेप्न परेकाले त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद ऐनबहादुर महरले बझाङको सुर्मा गाउँपालिका–२ मा चट्याङ पर्दा पशुचौपाय तथा घरगोठ नोक्सानी भएकाले पीडित किसानलाई क्षतिपूर्तिको माग गरे ।

सांसद हरिनादेवी कामीले वैदेशिक रोजगारका लागि भारत पुगेका डडेलधुराका भोजबोहरा बेपत्ता भएको जनाउँदै खोजीको माग गरे ।

सांसद यज्ञमणि न्यौपानेले बिजुलीको खम्बामा चढ्ने मजदुरको सुरक्षाबारेमा राज्यले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

सांसद पार्वती विकले प्राकृतिक प्रकोपबाट सिर्जित घटनामा नागरिकले भोग्नुपरेको नोक्सानीबापतको क्षतिपूर्ति उपलब्ध गराउन सरकारले ढिलाइ गर्न नहुने धारणा राखिन ।

सांसद नरेन्द्रकुमार केरुङले गतहप्ता आएको बाढीले सङ्खुवासभाको विद्यालय र जनजीवनमा पारेको प्रभावबारे सदनलाई जानकारी दिँदै त्यस क्षेत्रमा भू–गर्भविद्को टोली तत्काल खटाएर जोखिममा रहेका स्थानीयको सुरक्षा प्रदान गर्ने कार्ययोजना बनाउन सुझाव दिए ।

सांसद अरबिन्द साह कलैयामा सारिया खातुनको आत्महत्याको घटना साइबर बुलिङकारण भएको जनाउँदै यसले निम्त्याउने खतराबारे सरकार समयमै सचेत रहनुपर्ने धारणा राखे ।

 

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु