गृहपृष्ठ सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन
सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।
बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।
उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने।
सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थिएनन्।
प्रकाशित समय : ११:४७ बजे



















