global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

युक्रेनमा रूसी आक्रमण तिव्र मृतकको सङ्ख्या २१ पुग्यो

युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुगेको युक्रेनी अधिकारीहरूले घोषणा गरेका छन् ।

स्थानीय अधिकारीहरू तथा उद्धार टोलीहरूले उच्च प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनहरूमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाइएको छ ।

रूसी आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल लगाथत ड्रोनको प्रहार गरेको जनाइएको छ ।

यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभमा ठूलो रूसी आक्रमणको चेतावनी दिनु भएको थियो ।

यस अघि मृतकको सङ्या ११ जना पुगेको रिपोर्ट गरिएको थियो भने यो सङ्या अहिले बढेर २१ जना पुगेको पुष्टि गरिएको छ ।

रूस र युक्रेनले अर्को पक्षको आक्रमणलाई उल्ट्याएको दाबी गर्दै लगभग दैनिक जसो रिपोर्ट गरिएको छ आदान–प्रदान गरेका छन् । सन् २०२२ फेब्रुअरी –२४ देखि दुई देश बीच चलिरहेको द्वन्द्वका कारण यी दावीहरू अझै सम्म प्रमाणित भने भएका छैनन् ।रासस

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु